सुसमाचार भनेका के हो र येशू को हुनुहुन्छ?
➡️ सुसमाचार भनेको येशू ख्रीष्ट मानिसका पापको लागि आफ्नो प्राण दिनलाई सन्सारमा आउनुभयो र उहाँमा विश्वास गर्ने सबै जनाले पापको क्षमा पाउँनेछन र स्वर्ग राज्यमा पस्न पाउनेछन् र छोटकरीमा यसलाई सुसमाचार भनेको हो।
पवित्र बाइबल धर्म शस्त्रले भन्दछ।
किनभने परमेश्वरले संसारलाई यति धैरै प्रेम गर्नुभयो, उहाँले आफ्नो एक मात्र पुत्र पनि दिनुभयो। परमेश्वरको पुत्रमाथि विश्वास गर्ने कोही पनि नाश हुनेछैनन्, तर तिनीहरूले अनन्त जीवन पाउनेछन्।
यूहन्ना 3:16
पवित्र बाइबल धर्म शस्त्रले भन्दछ।
किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्।
रोमी 3:23 NNRV
किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।
रोमी 6:23 NNRV
तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो।
प्रकाश 21:8 NNRV
➡️👆👆👆माथिको केही वचनहरु पढ्दा तपाइलाई डर अनि रिस पनि उठ्न सक्छ यो स्वाभाविक कुरा हो। तर आज तपाइ मेरो निम्ता खुसीको कुरा छ, यो म मा मात्र सिमित राख्न सकिदैन।
सन्सारमा भएको हरेक प्राणीहरु मध्ये मानिस सर्वश्रेष्ठ र चेतनशील अनि हाम्रो सृष्टिकर्ता परमेश्वरको स्वरूपमा बनाउनु भएको हो।⬇️⬇️
➡️यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।
उत्पत्ति 1:27 NNRV
हरेक जो मेरो नाउँद्वारा बोलाइएको छ, जसलाई मैले मेरो महिमाको निम्ति सृष्टि गरेको छु, जसको आकार मैले नै रचें र बनाएँ।”
यशैया 43:7 NNRV
यो कस्तो अचम्म र आश्चर्य लाग्दो कुरा है, हामी कति बहुमुल्य व्यक्ति रहेछन् त।😴😴😴 एकचोटि आफैले आफैलाई सोच्नुहोस् त😴😴आहा हामी कति बहुमुल्य है।
पवित्र बाइबल धर्म शस्त्र केहि छोटो अंश हेरौं है⬇️⬇️
किनभने परमेश्वरले संसारलाई यति धैरै प्रेम गर्नुभयो, उहाँले आफ्नो एक मात्र पुत्र पनि दिनुभयो। परमेश्वरको पुत्रमाथि विश्वास गर्ने कोही पनि नाश हुनेछैनन्, तर तिनीहरूले अनन्त जीवन पाउनेछन्।
यूहन्ना 3:16
जसले पुत्रमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ। जसले पुत्रको आज्ञापालन गर्दैन, त्यसले जीवन देख्नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ।”
यूहन्ना 3:36 NNRV
जससँग पुत्र हुनुहुन्छ, त्यससँग जीवन छ, जससँग परमेश्वरका पुत्र हुनुहुन्न, त्यससँग जीवन हुँदैन।
१ यूहन्ना 5:12 NNRV
परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन।
तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो। स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो।
त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ,
कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ,
फिलिप्पी 2:6-10 NNRV
निष्कर्ष :
येशूले धर्म परिवर्तन गर्न यो सन्सरमा आउनुभएन तर हाम्रो हृदय परिवर्तन गर्न आउनुभएको हो।
येशूले तपाइलाई धेरै माया गर्नुहुन्छ यो माया हाम्रो मानिसले गरे जस्तो होइन!
तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।
रोमी 5:8 NNRV
“येशू ख्रीष्टबाहेक अरू कसैले पनि मानिसहरूलाई मुक्ति दिन सक्दैन। परमेश्वरले येशूको नाउँबाहेक संसारमा अरू कुनै नाउँ जनाउनुभएको छैन, जसबाट हामीले मुक्ति पाउन सक्छौं।”
प्रेरित 4:12
“मतिर फर्क, र उद्धार पाओ, हे पृथ्वीका सबै पल्लो छेउका हो, किनकि म परमेश्वर हुँ र अरू कोही छैन।
मैले आफ्नो जीवनको शपथ खाएको छु, सारा ईमानदारीमा मेरो मुखबाट एउटा वचन उच्चारण गरिएको छ, जो फेरि फिर्ता लिइनेछैन।
हरेक घुँड़ा मेरै अगि टेकिनुपर्नेछ। हरेक जिब्रोले मेरै नाउँ लिएर शपथ खानेछ। मेरो विषयमा तिनीहरूले भन्नेछन्,
‘परमप्रभुमा मात्र धार्मिकता र शक्ति छ’।” उहाँको विरुद्धमा रीस गर्नेहरू सबै उहाँकहाँ नै आउनेछन्, र लज्जित हुनेछन्।
यशैया 45:22-24 NNRV
Thank you
Please share
By Min Simon
If want to read the 📖 Bible
Website.https://bible.com/bible



Comments
Post a Comment