आराधनामा आइपर्ने बाधाहरु
आराधनामा आइपर्ने
बाधाहरु
के तपाईले जीवनमा , परमेश्वरको आत्मा
अझ बढी खन्याइयोस् भन्ने तपाईको उत्कट इच्छा छ? के तपाई स्तुति र आराधनाको
पोशाक पहिरिन ज्यादै उत्सुक हुनुहुन्छ? के तपाई यो आराधना गर्ने सेनाको एउटा
अंश बन्न धेरै इच्छुक हुनुहुन्छ? यदि हो भने, आराधनाको आत्मालाई रोक्ने जम्मै
बाधाहरु हटाइनैपर्छ। दाखको बगैँचामा भएको थोरै धुर्तलाई चिन्नैपर्छ,
हाँगाबिँगालाई कटनी गर्नैपर्छ र सामानहरु छाँनैपर्छ। यस सन्देशमाथि प्रार्थका साथ
ध्यान लगाउनुहोस्। तपाईलाई एक आराधक बनाउन , परमेश्वरका आत्मालाई
स्वीकृति दिनुहोस्।
घमण्ड
लुकेको घमण्डले आराधनाको आत्मालाई बाधा दिन्छ। परमश्वरले
घमणडको विरोध गर्नुहुन्छ। अर्को शब्दमा भन्नुपर्दा, स्वर्य , परमेश्वर
उसको शत्रु बन्हुन्छ। के परमश्वरका शत्रुहरुले उहाँको प्रशंसा गर्न सक्छन र?
निश्चित रुपमै सक्दैनन्। , परमेश्वरको मित्रहरु मात्र
उहाँका आराधक बन्न सक्छन। बाइबलका जम्मै आराधकहरु उहाँका सच्चा मित्र थिए।
प्रभुले नम्र मानिसहरुलाई प्रशंसाका आत्मा प्रशस्त मात्रामा प्रदान गर्नुहुन्छ।
कुनै समय प्रभुको आराधनामा रमाहट गर्ने शैतानले आफ्नो घमण्डको
कारण प्रशंसाको आत्मा गुमाइपठायो। स्वर्गमा त्यो आराधक स्वर्गदूतहरुको अगुवा
थियो। , परमेश्वरको प्रशंसा र आराधना गरिरहेको त्यसको ह्दय हठात् त्यसको
आफ्नै “स्वार्थ” –
तिर लाग्यो। त्यसले आफ्नै प्रशंसा गर्न लाग्यो। तब त्यसले आफालाई मात्र
प्रशंसायोग्य ठानेर अहङ्कारी बन्यो। त्यसले आफ्नै प्रताप र मान-सम्मानको
विषयमा ध्यानमग्न भई विचार गर्दा अकस्मात् त्यसलाई घमण्ड आयो। त्यसले ,
परमेश्वरको आराधना गर्ने ठूलो अवसर गुमाइपठायो। घमण्डी व्यक्ति
दम्की बन्छ, र अरुहरुले त्यसको प्रशंसा गरुन भन्ने त्यसले चाहन्छ। त्यो आफ्नै
विषयमा ठूल्ठूला कुराहरु गर्न चाहन्छ। त्यसलाई जसले अन्धकारबाट आफ्नो अचम्मको
ज्योतिमा बोलाउनुभयो।, उहाँका प्रंशंसाहरुको घोषणा गर्नको सट्टा त्यसले तुरही
फुक्छ। सावधान हुनुहोस्! आत्माप्रशंसा
भनेको धेरै आत्मिक मानिसहरुको निम्ति एउटा ठूलो खतरा हो। यसको ठीक उल्टो,
विनम्र व्यक्तिहरु सधैं प्रभुको प्रशंसा र उहाँको महिमाको स्तुतिमा ध्यानमग्न
रहनेछन्। “उहाँ बढ्नुपर्छ
तर मचाहिँ घट्नैपर्छ” नै तिनीहरुको गहिरो इच्छा हुनेछ। तिनीहरु सधैँ उहाँलाई उच्च पार्न र
उहाँलाई सारा महिमा दिनुमा नै ध्यानमग्न हुने गर्दछन्। तिनीहरुले आफ्नो
वैचारिक जीवनमा पनि , परमेश्वरको महिमालाई छुने साहस गर्दैनन्। , परमेश्वरलाई
दिनुपर्ने महिमा मानिसहरुले तिनीहरुलाई दिइरहेको देख्दा तिनीहरुको ह्दय डरले
काम्दछन। तिनीहरुले मानिसहरुलाई आफूतिर होइन, , परमेश्वरतिर
तान्दछन्। अझै, ख्रीष्टको प्रशंसा गर्नु नै तिनीहरुको महत्त्वाकाङ्क्षा हुनेछ
ताकि मानिसहरु उहाँतर्फ तानिन सकून। यिनीहरु नै दुलाहका ती मित्रहरु हुन जसले
दुलाह सम्मानित र प्रशंसित हुदाँ रमाहट गर्दछन्। तिनीहरु त्यो महिमा , परमेश्वरलाई दिन धेरै सचेत हुन्छन्। जुन महिमाका निम्ति उहाँले
तिनीहरुका माध्यमद्वारा आश्चर्यकामहरु गर्नुहुन्छ। लङ्गडो मानिस निको पारिएपछि
पत्रुस र यूहन्नाका लागि मानिसहरुले प्रतिक्रियालाई तपाईंले कुनै बेला आफ्नो
मनमा कल्पना गर्नुभएको छ? तर प्रभुले जसलाई प्रयोग गर्नुहुन्छ तिनीहरुमाथि
मानिसहरु आश्चर्यचकित हुनु स्वाभाविक हो। तर जब मानिसहरु अति अचम्म मान्दै
तिनीहरुकहाँ दगुरी आए, तब पत्रुसले कस्तो जवाफ दिए, त्यसमाथि विचार
गरिहेर्नुहोस्।
“इस्राएलका
मानिस हो, यस
कुरामा तपाईंहरू किन अचम्म मान्नुहुन्छ? अथवा हाम्रो आफ्नै शक्ति वा भक्तिद्वारा
हामीले यसलाई हिँड्ने तुल्याएजस्तै किन वाल्ल परेर हामीलाई हेर्नुहुन्छ? अब्राहाम, इसहाक र याकूबका , परमेश्वर, हाम्रा पुर्खाका , परमेश्वरले आफ्ना सेवक येशूलाई महिमित
पार्नुभयो” (प्रेरित
३:१२-१३)
आश्चर्यकामहरुको एकमात्र उदेश्य
प्रभु येशूलाई महिमित तुल्याउनु हो। प्रभु यशूको नाउँमा गरिएका प्रार्थनाहरुको
जवाफ किन दिइन्छ त? पुत्रमा पिता महिमित हुन सकुन् भन्ने उदेश्यले। , परमेश्वरले आफ्नो महिमा जोसुकैलाई कहिल्यै
बाँड्नुहुन्न। यस विचारले हाम्रा आत्माहरुमा जरा गाडेको हुनुपर्छ। स्वर्गमा
पवित्र जनहरुले यसो भन्दै आफ्ना सारा ह्रदयले स्तुति गर्दछन् “मारिएका थुमा सामर्थ्य,
वैभव, बुद्वि, शान्ति, सम्मान, माहिमा र स्तुति ग्रहण गर्ने योग्यका हुनुहुन्छ” (प्रकाश ५:१२)
पृथ्वीमा भएका सन्तहरु यथेष्ट महिमा र सम्मान
, परमेश्वरलाई,
र केवल उहाँलाई नै दिनका लागि कर्मठ बन्नैपर्छ। यसको निम्ति हामी सामुन्ने नम्र
बन्नु आवश्यक छ। जब हामीमाथि प्रभुका अभिषेक र आशिष्हरु बढ्दै जान्छन, तब
महान् व्यक्तिहरु पनि हामीकहाँ आउँछन। इटालिया भन्ने पल्टनमा कप्तान
पत्रुसका परेनन् त? यस्तो बेलामा, पत्रुसले जस्तै हामीले पनि अहङ्कारको
विरोध गर्नेपर्छ, र यसो भन्नैपर्छ, “उठ्नुहोस् म आफै पनि त मानिस हुँ” (प्रेरित
१०:२६) लुस्त्रमा जब मानिसहरु पावल र बारनाबासलाई देउता घोषित गरेर तिनीहरुका
लागि होमबलि दिन अघि आए, तब तिनीहरू आफ्नो वस्त्र च्याती
यसो भन्दै कराएर मानिसहरूका बीचमा दौड्दैगए भने, “मानिसहरू हो, तपाईंहरू किन यस्तो काम गर्नुहुन्छ? हामी पनि त तपाईंहरूजस्तै
दुःख-सुख भोग्ने मानिसहरू हौं (प्रेरित १०:१४-१५)
आफ्ना धन-सम्पत्ति र धेरै
छोराहरू भएको रवाफ, र राजाले तिनलाई उच्च पद दिएका र अरू भारदारहरू र अधिकारीहरूमा आफूलाई बढ़ी
मान दिएका कुरा
(एस्तर ५:१०-११)- बढीबढाइँ गर्ने ती हामानहरु आराधनाको आत्माका
शत्रुहरु हुन्। घमण्डले फुल्लिने यस्ता मानिसहरुले दियाबलसले जस्तै दण्ड
पाउनु निश्चित छ। जसले सम्पुर्ण सरलतामा विश्वासका साथ , परमेश्वरलाई महिमित पार्छन्, तिनीहरुले नै
आराधनामा श्रेष्टता हासिल गर्नेछन्।
नम्र मानिसहरु , परमेश्वरको आराधना गार्दा आफ्नो मान-सम्मानमाथि
ध्यान दिँदैनन्। पूर्वबाट आएका ज्ञानी मानिसहरु निहुरिए र बालक ख्रीष्टको
आराधना गरे। शिशुको आराधना गरिरहेका पाको उमेरका मानिसहरु? हों! नम्र व्यक्तिहरु
कुनै लाजै नमानी विश्वासीहरुको समुदायमा प्रभुको आराधना गर्छन। जब सन्दुकले
दाउदको शहरमा प्रवेश गर्यो, त्यसबेला राजा दाउद आफ्ना सारा शक्ति लगाएर
प्रभुको समुन्ने नाँचे। दाउद आफूभन्दा तल्लो दर्जाका ती हजारौं मानिसहरुको
बीचमा नाँचे त? तिनकी प्रिय पत्नीले समेत उसलाई मनमनै घृणा गरुन्। दाउदले आफूलाई
नाङ्गो पारेर तिनका दास-दासीहरुका सामुन्ने एक ढँकुवारेजस्तै भएर नाँचेकोमा उनी
रिसएको थिइन्। आहङ्कारी ह्रदय आफ्नो मान-सम्मानबारे सचेत हुन्छ र दर्शकहरुको
सामुन्ने उहाँको आराधना गर्नलाई त्यो फुक्का हुन सक्दैन। यस्ता ह्रदयहरु
उहाँका सामुन्ने कठोर र साँघुरो हुन्छन। तिनीहरुले प्रभुको अगाडि उफ्रने र नाँच्ने
कार्यहरुको निन्दा गर्दछन्! तिनीहरुको तर्क यस्तो हुनेछ, “के म मेरो आफ्नै कोठाको गुप्तिमा
नाँच्न सक्दिन?” तर जसले त्यो तल्लो दर्जालाई याद राख्छन् जहाँबाट
उनीहरु , परमेश्वरद्वारा उठाइएका थिए, तिनीहरुले यस्ता निन्दाहरु
कहिल्यै ध्यान दिनेछैनन्। तिनीहरु , परमेश्वरका लागि
प्रेमले भरिपूर्ण हुनेछन्, र दाउदले जस्तै यसो भन्नेछन्।
“तिम्रा पिता र उनका घरानाको कसैको सट्टामा मलाई उहाँको प्रजा इस्राएलका राजा
चुन्नुहुने परमप्रभुको सामुन्ने त्यो गरिएको थियो। परमप्रभुको सामुन्ने म उत्सव
मनाउनेछु। 22म आफ्नो दृष्टिमा अझै बढ़ी अपमानित बन्नेछु। तर ती दासीहरू, जसका विषयमा तिमीले मलाई भन्यौ, तिनीहरूले यसको निम्ति मलाई मान
गर्नेछन्।”
(२ शमूएल ६:२२१-२२)
यस्त विनम्र
दाउदहरुले मात्र मिठा आत्माद्वारा प्रेरित प्रशंसाहरु खुल्ला रुपामा खन्याउन
सक्छन। यस्त मानिसहरु पवित्र-शास्त्रमा दर्शाइझैँ जम्मै सम्भावित रितिले , परमेश्वरको आराधना गर्न ज्यादै लच्किला
हुने गर्दछन्। तिनीहरुले आफ्नो घमण्ड देखाउनलाई आराधना स्वरुपहरुसहित सम्बन्धित
, परमेश्वरका वचनको गलत अर्थ निकाल्नेछैन। , परमेश्वरको सामुन्ने तिनीहरु बालक बन्नेछन् र ज्यादै रमाहट गर्नेछन्,
घमण्डिहरुको लागिचाहिँ यी सब सबैभन्दा बेस्वादिलो भइदिनेछ। तिनीहरुले मीकल
अर्थात् दाउदकी पत्नीले सिकाएका कुराहरुलाई खुसीसाथ ग्रहण गर्नेछन, जस्तै –“आराधना
धेरै भावना प्रकट नगरी उचित तरिकाले सञ्चन्लित हुनुपर्छ”। घमण्डलाई आराधनाको माथि राख्ने मीकलका जीवनभरि
नै छोराछोरी भएनन्, कठै आराधनाको विरोध गर्नु भनेको कति विपत्तिजनक कुरा रहेछ त!
जब महान् राजा
याहोशापातले , परमेश्वरका पवित्र आत्माका
वचनहरु सुने, तिनले आफ्नो अनुहार भुइँतिर पारेर आप्नो शिर निहुराए। यो विनम्रता
हो! , परमेश्वरको आत्माले यस्ता विनम्र मानिसहरुलाई
आराधनाको अभिषेकमा शिर खडा गरी उभिने बनाउनुहुन्छ। बालक
येशूको आराधना गर्न ज्ञानी मानिसहरु अघि बढिरहेको देखेर हेरोद किन सङ्कटमा परे त?
यरिशेलेम किन डरले काम्यो? तिनीहरुले आफ्नो घमण्ड जोखिममा पर्ने कल्पना गरे।
हो, घमण्ड नै आराधनाको सबैभन्दा ठूलो शत्रु हो।यसकारण घमण्डी नबन्नुहोस्।
जहाँ-जहाँ तपाई मानिसहरुको प्रशंसाको इच्छा गर्नुहुन्छ,त्यहाँ-त्यहाँ एकमात्र
प्रभु प्रशंसा गर्न योग्य हुनुहुन्छ भनेर चर्को सोरमा भन्नुहोस्। आफूले पवित्र
आत्मासमक्ष अर्पण गर्नुहोस् र , परमेश्वरको आराधनामा ध्यान
लगाउनुहोस्। तपाईका जम्मै मान-सम्मान र बौद्विक श्रेष्ठतालाई एकतिर पन्साएर
आफ्नो प्रेम , परमेश्वरको निम्ति खन्याउनुहोस्।
मानिसहरुले दिने महिमाको पासोमा नपर्नुहोस्! हामीले मानिसहरुको धेरै माहिमा
गरिसकेका छौँ। यो त , परमेश्वरले भन्नुभएको यस वचनमाथि ध्यान
दिनुपर्ने समय हो, “ कसैले मानिसहरुमाथि गर्व नगरोस्” ( कोरिन्थी ३:२१) अरुहरुमा
भएका असल गुणहरुको सराहना गर्नु राम्रो गर्नु हो। तर मानिसहरुमाथि गर्व गर्नुचाहिँ
भिन्दै कुरा हो। आराधना र महिमा , परमेश्वरका मात्र हुन्।
हामी अहिले नै विनम्र आराधना किन नलाग्ने? एकमत्र , परमेश्वर
आराधना गरिनयोग्यका हुनुहुन्छ भनेर हामीले आफ्ना हृदयका गहिराइबाट साउती गर्ने?
व्यक्तिहरुबीचका
दोषपुर्ण सम्बन्धहरु
अरुको विरुद्वमा तिक्तता र घृणालाई अश्रय
दिने व्यक्ति कहिल्यै आराधक बन्न सक्दैन। अरुलाई दु:खी तुल्याउने कामले
आराधनाको आत्मालाई मिच्दछ। अरुहरुमा , परमेश्वरका कामहरु देखेर रमाउने हृदयले निश्चित रुपमै प्रशंसा गर्दछ।
अरुहरुमा दोष देख्नेहरुले चाहिँ चाडैँ प्रशंसाको आत्मा गुमाइपठाउनेछन्।
अरुहरुसँग मेलमिलाप नराखी गरिएको आराधनालाई ख्रीष्टले निन्दा गर्नुहुन्छ।
“यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढ़ाउँदा
तिम्रो भाइको हृदयमा तिम्रो विरुद्धमा केही छ भन्ने तिमीलाई याद भयो भने, तिम्रो भेटी त्यही वेदीको सामु छोड, र जाऊ। पहिले आफ्नो भाइसँग मिलाप गर,
र त्यसपछि आएर आफ्नो भेटी चढ़ाऊ” (मत्ती ५:२३-२४)
कति शक्तिशाली वचनहरु!
वेदीमा भेटी चढाउनु आराधनाकै एउटा स्वरुप हो। , परमेश्वरको आराधना गर्नलाई जानुभन्दा अघि
हामीले आफूलाई जाँच्नु आवश्यक छ भनी येशूले हामीलाई उपयोगी सल्लाह दिनुहुन्छ।
आफूलाई जाँच्दा, यदि तपाईले आफ्नो भाइ तपाईको कारणले दु:खी भएको सम्झना भयो भने
आराधनामै नलागिरहनुहोस्। पहिला तपाईको भाइसँग मिलाप गर्नुहोस् र त्यसपछि तपाईले
गर्नुभएको आराधनामा अगि बढ्नुहोस्। के हामी यहाँ प्रभुका वचनहरुको आदर गर्न
लागिरहेको छौं त? हाम्रा स्वर्गमा पिताले ती मानिसहरुलाई खोज्दैहुनुहुन्छ जो
ख्रीष्टका यी वचनहरु भयभीत हुनेछन्। खेदको कुरा! यही कारण हो जसले गर्दा हामीमध्ये
धेरै नै साँचो आराधनामा महा पवित्रस्थानमा प्रवेश गर्न सक्दैनन्। तोडिएको सम्बन्धहरुले
साँचो आराधनालाई धेरै नाश गर्दछन। , परमेश्वरलाई प्रेम र
प्रशंसा गर्ने मानिसले कहिल्यै घृणा गर्नेछैन र ती मानिसहरुप्रति कटु बन्नेछैन
जो , परमेश्वरको प्रतिरुपमा बनाइएका छन्।
“यदि
कसैले “म , परमेश्वरलाई प्रेम गर्छु”
भन्छ, तर आफ्नो भाइलाई घृणा गर्छ भने त्यो झूटो
हो”। यस्तो मानिसको आराधना झुटो हुन्छ। यस्तो आराधनाले न , परमेश्वरलाई सन्तुष्ट पार्छ नता आराधकका लागि आषिश् नै
ल्याउँछ।
“किनकि आफूले देखेको आफ्नो भाइलाई नै प्रेम नगर्नेले नदेखेका , परमेश्वरलाई प्रेम गर्न सक्दैन। 21हामीले
उहाँबाट यो आज्ञा पाएका छौं, कि जसले , परमेश्वरलाई प्रेम गर्छ त्यसले आफ्नो
भाइलाई पनि प्रेम गर्नुपर्छ” ( १यूहन्ना ४:२०-२१)।
यो भन्दा पनि प्रष्ट शिक्षा अर्को
कुनै छ र? , परमेश्वरको प्रेम र
मानिसको प्रेम एक साथ अगि बढ्दछन्। हामी , परमेश्वरसँग जति नजीक भएर
हिड्छौं, अरुहरुलका लागि हाम्रो प्रेम त्यति नै हुनेछ। के तपाई आराधनाका सुन्दर
आशिष्हरु उपभोग गर्न चाहनुहुन्छ? के तपाई आराधनाका आनन्दमय आत्मातद्वारा
भरिपुर्ण हुन चाहनुहुन्छ? तपाईको
भाइहरुको दु:ख हटाउनका लागि आफूले सक्नुभए जति चेष्ट गर्नुहोस्। , परमेश्वरले निश्चय नै यस्त चेष्टहरुलाई आदर गर्नुहुन्छ। , परमेश्वरका आत्माले तपाईंलाई उहाँको प्रेमद्वारा भरिदिनुहुनेछ र असलद्वारा
खराबमाथि विजय पाउन तपाईंलाई मदत गर्नुहुनेछ। अहिले स्वयं उहाँ तपाईंसँग बोल्नुहुँदैछ।
जहिलेसम्म तपाईं तिरस्कार र घृणलाई आश्रय दिनुहुन्छ, तबसम्म तपाईं प्रभुको
नजीक रहेर हिँड्न सक्नुहुन्न:, नता तपाईं ती अनेकौं
आशिष्हरु नै प्राप्त गर्न सक्नुहुन्छ, जुन आशिष्हरु , परमेश्वरले तपाईंको निम्ति साँचेर राख्नुभएको छ। कयिन उसका भाइप्रति उसको
घृणाको कारणले श्रापित थियो। यस्ता श्रापहरुद्वारा हामीले यथेष्ट त्योभन्दा
पनि बढी कष्ट झेलेको छौं। दयागरी तपाईंको आराधना केही समयको निम्ति रोक्नुहोस्।
त्यो हरेक व्यक्तिसँग मिलमिलाप गर्नुहोस् जसलाई तपाईंको विरुद्वमा गुनासो छ
भन्ने तपाईंलाई लाग्छ। त्यसपछि आराधनाको कलामा पोख्न हुन जारी राखनुहोस्। , परमेश्वरका आत्मा तपाईंलाई मदत गर्नका लागि तपाईंको छेउमै हुनुहुन्छ। आदमको
जस्तो तपाईंको स्वभाव हुनुहुन्न। नाउँमा निर्यताको आत्माको विरोध गर्नुहोस् र
आफूलाई स्वतन्त्र तुल्याउनुहोस्त्!
तपाईंको बोल्नुहुने हरेक
शब्दमा सावधान रहनुहोसस्। तपाईंको जिब्रो केवल , परमेश्वरको प्रशंसा गर्नका लागि बनाएको हो। तर त्यसमा शत्रुले विष भरिदिएको
छ। त्यसद्वारा हामी पिता , परमेश्वरलाई आशीर्वाद
दिन्छौं र ती मानिसहरुलाई चाहिँ सराप्छौं जो , परमेश्वरको स्वरुपमा
बनाइएको छन्। बाइबलले भन्छ: “एउटै
मुखबाट आशीर्वाद र सराप निस्कन्छन्। मेरा भाइ हो, यसो नहुनुपर्ने हो” (याकूब ३:१०)। शैतानले श्राप दिनका लागि त्यो जोब्रोलाई उक्साउँछ, जुन
जिब्रोले आशिर्वाद दिनुपर्ने हो। प्रशंसा गर्ने जिब्रोले सराप दिनेछैन; र जुन जिब्रोले सराप दिन्छ त्यसले प्रशंसा गर्नेछैन। यो कुरा थाहा पाएर
शैतानले हामीलाई छल गर्ने चेष्ट गर्दछ। तपाईं प्रभुको प्रशंसा गर्नका लागि जन्मनुभएको
छ। तपाईं आफ्ना सारा हृदयले प्रभुको प्रशंसा गर्न भनी चुनिनुभएको छ। यसकारण, ती
जम्मै मानिसहरुलाई आशिष् दिन सिक्नुहोस् जो , परमेश्वरको
स्वरुपमा बनाइएका छन्। तीता वचनहरुलाई समप्त गर्ने र अटल रहने दह्रो निर्णय
लिनुहोस्। आफ्नो जिब्रोद्वारा अरुहरुलाई चोट पुर्याउन बन्द गर्नुसहोस्।
पवित्र
आत्मा तपाईंद्वारा आशिष्को झरिझैं बन्न चाहनुहुन्छ। जिउँदो पानीका नदीहरु
तपाईंद्वारा बग्छन् अनि , परमेश्वर र मानिसहरुलाई प्रसस्त तुल्याउँछन्
भन्ने थाहा पाउनु कति प्रशंसनीय कुरा हो त। तपाईं ती हाँगाहरु हुनुहुन्छ जुन
हाँगाहरु ख्रीष्ट अर्थात साँचो दाखको बोटमा छन्। तपाईं ती मीठा फलहरु फलाउने एकजना
हुनुहुन्छ जुन फलहरुले मर्न लागेको मानव जातिलाई नयाँ स्पुर्ति दिन्छ र
राजाहरुका राजाको निम्ति आनन्द लिएर आउँछ। तपाईंको जीवनको छोटो समय ती मुक्तिदातालाई
प्रशंसा बलिदानहरु चढाउन, उहाँको निम्ति आनन्द ल्याउनलाई प्रयोग गर्नुहोस् जसले
तपाईंको खातिर चोटहरु सहनुभयो। तपाईं त्यो मध्यजस्तो बन्नु छ जसले दुखित
हृदयहरुलाई शान्ति दिन्छ। यी सत्यहरुलाई बिर्सनु भनेको कति ठूलो नोक्सानी हो त?
“के
पानीको मूलको एउटै धाराबाट मीठो र तीतो पानी निस्कन्छ र? मेरा भाइ हो,
के अञ्जीरको बोटमा जैतून अथवा दाखको बोटमा
अञ्जीर फल्न सक्छ र? तीतो पानीको मूलबाट पनि मीठो पानी निस्कन
सक्दैन” (याकूब ३:११,१२)। यसकारण, तपाईंले, अर्थात जसले , परमेश्वरको प्रेमको आत्मा प्राप्ता
गर्नुभएको छ, तीता विचारहरु र घृणाहरुलाई आश्रय दिनु हुँदैन। आजै उठ्नुहोस् र
भ्रष्ट जीवनलाई विराम दिनुहोस्। तपाईंको हृदय र ओठहरुले प्रभुका लागि भजनहरु गाउन् र
मानिसहरुमाथि प्रशस्त छरुन्।
याकूबले
तिनको बाल्यकालका दिनदेखि नै दाज्यूलाई छल गरे। तिनले प्रेमरहित जिवन बिताए।
यसकाराण, तिनका लागि अगमवाणीहरु गरिएका जम्मै आशिष्हरु तिनले तुरुन्तै उपभोग
गर्न सकेनन्। एउटा अपरिचित देशमा बसोबास गर्दै तिनले लाबानको घरमा विभिन्न
प्रकारका कष्तहरु भोगे। तर प्रभुले याकूबलाई आशिष् दिने इच्छा गर्नुभयो। उहाँले
तिनलाई तिनको आफ्नै देशमा फर्काई ल्याउनुभयो। तिनी फर्किरहेका बेला, परमेश्वर
तिनका लागि बाटोमा प्रकट हुनुभयो। “यसकारण
याकूबले त्यस ठाउँको नाउँ पनीएल राखे, किनकि
“परमेश्वरको सम्मुखै परे तापनि मेरो ज्यान बाँच्यो” भनी तिनले भने” (उत्पत्ति ३२:३०)। परमेश्वरसँगको यस लडन्तले याकूबको जीवनलाई परिवर्तन
परिदियो। तिनले सुरुमा दाज्यूलाई छल गरेका थिए, तिनीसँग भेट हुँदा तिनको हृदय पग्लियो, र तिनी यसो भन्दै
रोए, “परमप्रभुको निगाहमा मैले तपाईंको अनुग्रह
पाऊँ” तिनले यसो पानि भने, तपाईंको
दर्शन पाउँदा मलाई त परमेश्वरकै दर्शन पाएझैँ लाग्यो। (उत्पत्ति ३३:१०) अघिल्लो रात परमेश्वरसँग लडन्त भएपछि याकूबले तिनका दाज्यूमा परमेश्वरकै
स्वरुपमा देख्न सके। यसरी नै हामीले परमेश्वरको स्वरुपमा बनाइएका प्रेम गर्नैपर्छ।
यस दर्शनले याकूबलाई एक सच्चा आराधकमा परिवर्तन गरिदियो। परमेश्वरका
आत्माले यो स्मृति-लेख याकूबको चिहानमाथि कुँद्नुभएको छ! “विश्वासद्वारा मर्ने बेलामा याकूबले आफ्नो लहुरोको टुप्पामा घोप्टो परेर
परमेश्वरको आराधना गरे, र योसेफको प्रत्येक छोरालाई आशीर्वाद दिए” (हिब्रु ११:२१)। आराधनाको कस्तो धन्य जीवन! आराधना गर्दै
आफ्नो जीवन समप्त गर्नु भनेको कुनै पनि व्यक्तिको निम्ति कस्तो आश्चर्यजनक कुरा
हो त! यस्तो प्रशंसित अनुभव प्राप्त गर्नलाई परमेश्वर र मानिसहरुसँग मिलाप गर्नुबाहेक
अर्को कुनै छोटो बाटो छैन।
हामी अर्को दृटन्ता लूका आध्य १५
-बाट हेरौँ। जेठो छोरो उसका आफ्नै पिताको घरमा आनन्द उत्सवमा सामेल हुन सकेन। परमेश्वरले यस परिस्तिथिलाई अत्यन्त प्रश्टसँग गर्नुहुन्छ।
“त्यस
बेला तिनको जेठो छोरो खेतमा थियो, र त्यो घरको नजिक आइपुग्दा
त्यसले नाचगानको आवाज सुन्यो। त्यसले चाकरहरूमध्ये
एउटालाई आफूकहाँ बोलाएर ‘यो के भइरहेछ?’ भनेर सोध्यो। उसले त्यसलाई भन्यो, ‘तपाईंका
भाइ आइपुगे, र तपाईंका पिताले पालिराखेको मोटो पशु
मार्नुभयो। किनकि उहाँले तिनलाई सकुशल र स्वस्थ फर्किआएका भेट्टाउनुभयो।’ “तर त्यो
रिसायो, र भित्र जान मानेन, र त्यसको
बाबुले बाहिर गएर त्यसलाई मनाउन लागे” (लूका १५:२५:२८)।
writer: Min simon
Comments
Post a Comment