सत्य परमेश्‍वर को हुनुहुन्छ?

सत्य_परमेश्वर_(सृष्टिकर्ताको _बारेमा)ज्ञान:
अरबौ ईश्वर,देवी-देवताहरुको भिडमा मानिसलाई साँचो र सत्य परमेश्वर को हो..? मेरो सृष्टिकर्ताको भनि चिन्न अत्यन्तै सार्हो नै पर्दछ | यो हुनु कुनै अनौठो कुरा होईन तर सत्य ईश्वर को खोज नगरिकन अन्दोभक्त हुनु चाहि अत्यन्तै ठुलो मूर्खता हुन जादछ | त्यसैले आउनुहोस मित्र हामि साचो र सत्य ईश्वरमा मानवीय बिचारले ईश्वरमा हुन पर्ने सामान्य योग्यताको निर्धारण गरिकन हामि छलफल गरौँ |

सबै भन्दा पहिले सारा ब्रम्हाण्डका मानव जाति एउटै ईश्वरका सन्तान (रचना) हुन भनि हामीले जान्नु आवश्यकता छ | त्यसैले हामि सामान्य दुई प्रश्नबाट आजको बहसलाई सुरुवात गर्नेछौं | यदि कोहि पनि एकजना व्यक्तिलाई कसैले हजुरलाई जन्मदिने आमा कत्ति जना भनि प्रश्न गरिएको खण्डमा उस व्यक्तिको जवाफ हुदछ १ जना | यदि कोहि पनि एकजना व्यक्तिलाई कसैले हजुरलाई जन्मदिने बाबा कत्ति जना भनि प्रश्न गरिएको खण्डमा उस व्यक्तिको जवाफ हुदछ, केवल १ जना | यहाँ यी दुवै सवाल को जवाफ २-२ जना भनेर कहियै पनि आउन सक्दैन | किनकि १-१ जना नै सत्य हो | जसरि एक व्यक्तिको जन्म दिने बाबा र आमा २-२ जना हुनसक्दैन, उसैगरी सम्पूर्ण ब्रम्हाण्ड र यावत थोकको सृष्टिकर्ता अनेक हुन सक्दैन |

यसैकारण हामि यहाँ सचेत हुनु आवश्वकता छ, कि दुनियाको यी ईश्वरहरुको भिडमा साचो ईश्वरको हो भनि प्रश्न आउदछ | सायद हजुरलाई पनि आयो नै होला आखिर साचो ईश्वर को होला त ? किनभने मानिसले बाबा र आमा त लाखौ लाई बनाउन सक्छ, तर आफ्ना जन्म दिनेलाई ईन्कार गरेता पनि आखिर जन्मदिने बाबा र आमा ति नै हुन्छन, जसले तिनलाई जन्माए | त्यसै कारण आउनुहोस, हामि एउटा सामान्य एउटा दृष्टान्तबाट यस बारेमा अझै सिक्ने कोशिस गरौ | मित्रहरु हामि कुनै न कुनै देशमा अवश्य छौं | र ति सबै देशमा आफ्ना शासक आफै छान्न सक्ने अधिकार जनतालाई संविधानले दिएको छ | निर्वाचनको समयमा कोहि अन्जान व्यक्ति हाम्रो बिकाश गर्छु भन्दै खडा भएको खण्डमा हामि उसलाई निर्वाचनमा जिताउनलाई हिच्किचाउनेछौ किनभने उ कहाँको हो, उसको व्यवहार कस्तो छ, उसको योग्यता कत्ति छ सो बारेमा हामीलाई केहिपनि थाहा हामीलाई भएको हुदैन | जसरि हामि उसको बारेमा नजानी केवल 5 सालको लागि निर्वाचनमा जिताउन सक्दैनौ भने कसरि हामि सत्य ईश्वरको बारेमा नजानी उसमा बिश्वास गर्न सक्छौं | ईश्वर माथिको बिश्वास केवल देखिने संसारको लागि होईन त्यो नदेखिने संसारको भविष्य हो |

याद राखौ, मित्रहरु देखिरहेको र जानिरहेको संसारमा त मानिसको पहिचान गर्नमा चुक भएको खण्डमा ठुलो धोका हुन्छ, भने आखाले नदेखेको तर सुनेको मात्र संसारमा जानको लागि झनै हामीले विश्वास गरेको ईश्वरको बारेमा जान्नु के आवश्यकता छैन ? केवल धर्म र सस्कार र सस्कृति को नाममा अन्धो भक्त हुनु चाँही महा मुखता हो | जसरि केवल केहि समयको लागी आफ्नो शासक छान्दा हामीलाई जसरि तिन प्रश्नको जरुरि परेको थियो, उसैगरि तिनै प्रश्न हामीले बिश्वास गरेको ईश्वर माथि पनि लागु गरेर हेरौं जवाफ कस्तो आउछ | यदि जवाफ सहि आएमा उ नै ईश्वर हो नत्र उ कहिल्यै ईश्वर होईन तर सामान्य मानिस भन्दा अलिक भिन्न खाल अद्धभुत शक्ति भएको मानिस मात्र हो तर ईश्वर होईन भनि हामीले जान्न सक्नु पर्दछ |

१.प्रश्न न: १: #उसको_व्यवहार_कस्तो_छ?
जसरि एक देशको नागरिक निर्वाचनमा उठ्नको लागि उसको सबै व्यवहार अत्यान्तै असल हुन आवश्यक छ | उस देशको पुलिस रेकर्डमा उसको कुनै गलत छवी भएको हुन हुदैन, उसैगरि हामीले बिश्वास गर्ने ईश्वरको बारेमा कुनै पनि गलत रेकर्ड हामीले बिश्वास गरेको उसैले दिएको शास्रमा नभएको हुन आवश्यकता छ | किनभने मित्रहरु हामीले विश्वास गरेको ईश्वरको बारेमा थाहा पाउने शास्त्र बाहेक अरु कुनै आधार हामीसग छैनन् | किनकि ति कसैलाई हामि कसैले देखेका छैनौं | त्यसैले तिनीहरुका व्यवहारको बारेमा जान्ने एकमात्र र बलियो आधार भनेको एक मात्र धर्म-शास्त्र हो |
मित्रहरु यहाँ हामीले एकमात्र सत्य ईश्वर येशु हुनहुन्छ, र उहा बाहेक अरु कोहि छैन भनि प्रमाण दिन लागिरहेका छौं |
बाईबल येशुको व्यवहारको बारेमा यसरि वृतान्त बयान गर्दछ |
- जव व्यभिचार गर्दै गर्दा पक्रिएकी स्त्रीको बिषयमा येशुले ठिक ईसाफ गरेर सबैलाई आफ्नो व्यवहार ठिक भएको प्रमाण उहाले दिनुभएको थियो, यूहन्ना ८:१-११|
- तिमीहरु मध्ये कसले मलाई पापको दोष लगाउन सक्छौ भनि येशुले गर्नुभएको प्रश्नमा यहुदी धर्मगुरु र त्यहाको कोहीपनि भिड अगाडी आएर उहाँलाई दोश लगाउँन सकेनन् , जसबाट हामीलाई पक्का थाहा हुन्छ कि उहाको व्यवहार असल थियो, यूहन्ना ८:४६ |
- येशु मारिने समयका प्रधान पुजाहारीले बताएका कथनको कारण पनि हामि जान्न सक्छौ कि येशुको व्यवहार असल थियो, “किनभने उनले भनेका थिए, सम्पूर्ण जाति नाश हुनु भन्दा एक जना मानिस मर्नु असल हो” यूहन्ना ११:४७-५३ |
किनभन केवल असल जातिको लागि मात्र यस किसिमका असल शब्द प्रयोग गरिन्छ |
- यहुदी महासभाका सदस्य र धार्मिक गुरु निकोदमश येशुको साथमा शिक्षा लिन जानुले, येशुको व्यवहार त्यस समय असल थियो भन्ने कुराको अर्को प्रमाण हो, यूहन्ना ३ |
- येशुलाई ईन्साफ गर्ने त्यस समयका रोमन साम्राज्यका बडा हाकिम पन्तियस पिलातुस र राजा हेरोद कसैले पनि येशुलाई दोषी ठहर्याउन सकेनन्, बरु यहुदीहरुका राजा भन्ने दोश-पत्र लेखाए, जसबाट हामि जान्न सक्छौ, कि येशुको व्यवहार असल थियो, लुका २३ |
- येशुको मृत्युको समयमा समेत दुई शत्रुहरु (राजा हेरोड़ र पन्कोतियास पिलातुस) मिलाप गराउनु भयो, जसबाट हामि जान्न सक्छौ कि उहाँको व्यवहार असल थियो, लुका २३:१२ |
- क्रुशमा सगै मारिनलाई टागीएको चोरले लगाएको दोषमा अर्को चोरले निर्दोषताको प्रमाण दिएर उहालाई ईश्वर भएको प्रमाण दिने त्यो अर्को चोरको प्रमाण बाट उहाँको व्यवहार सच्चाई नै असल थियो भन्ने बलियो प्रमाण हो, लुका २३:३९-४३ |
२. #के_उ_यहि_देशको_नागरिक_हो ?
मित्रहरु हामि सबैको आशा जव मृत्यु पछाडी स्वर्ग देशमा जाने हो | तर के कसैले त्यो देशबाट म यस संसारमा आएको हुँ भनि संसारको कुनै पनि धर्मशास्त्रमा भनेका छैन..? के कसैले म उस देश ( स्वर्ग देश) मा जाने बाटो हुँ भनेका छन्..? हामीले यी प्रश्नका जवाफा दुनियाका हर धर्म शास्त्रमा खोज्नु आवश्यकता छ |
जसरि एउटा निर्वाचन खडा हुन, उस व्यक्तिलाई उक्त देशको नागरिक भएकै हुनु आवश्यकता छ | उसै गरि हामीलाई पनि हामीले विश्वास गरेको शास्त्रमा स्वर्गको बारेमा बाताएको र उ स्वर्गबाट आएको घोषणा गरेको हुनु अत्यन्तै आवश्यकता छ |
- बाटो, सत्य र जीवन मा हुँ, औ म द्वारा बाहेक पिता कहाँ जान सक्दैन, यूहन्ना १४:१६ |
- स्वर्गबाट ओर्ली आउने मानिसको पुत्र बाहेक अरु कोहि स्वर्गमा उक्लि गएको छैन, यूहन्ना ३:१३ |
- म तिमीहरुलाई टुहुरा छाड्ने छैन, म तिमीहरु कहाँ आउनेछु, यूहन्ना १४:१८ |
- ......म जहाँ हुनेछु, तिमीहरु पनि त्यहि हुनेछौ, यूहन्ना १४:१-३
मित्रहरु यी सबै कुराहरु बाट स्पस्ट हामीलाई थाहा हुन्छ कि उहाँ स्वर्ग बाट नै आउनुभएको हो |
३. के उसमा यसको लागि योग्यता छ...?
जसरि मित्रहरु सबै प्रकृया र देशको संबिधान मुताविक खडा भएको उमेद्वार लाई भोट दिएर जिताउनु अगाडी हामि १००० पटक भन्दा बढी सोच्ने गर्दछौ | के उसमा यसको लागि योग्यता छ ? उसमा यसको लागि ताकत छ ..? उसमा यसको लागि ज्ञान छन्..? आदि आदि बारेमा सोच्ने गर्दछौं | तर ईश्वरको बारेमा जान्नको लागि भने हामि धर्म र सस्कृतिको नाममा आखा चिम्लेर विश्वास गरिदिन्छौ | के तपाईले कहिल्यै सोच्नु भएको छ, कि मैले बिश्वास गरेको ईश्वरमा माथिका यी सत्यतालाई आफनो ईश्वरको साथमा पाउने छु..?
- येशुले आफुमा ईश्वर हुनको लागि पोख्ता प्रमाण दिनलाई यी तिन अद्भुत कार्य गर्नुभयो |
अ. प्रकृतिलाई हकार्नु भयो |
- येशुले आधिलाई उहाले शान्त पार्नुभयो, लुका ८:२२-२५, मत्ती ८:२३-२७ |
- येशुले सबै किसिमका बिमारीहरुलाई निको पार्नुभयो, लुका ४:४०, मत्ती ८:१५-१७, मर्कुस ६:७,१३|
- मृतकहरुलाई जीवित पार्नुभयो, यूहन्ना ११:४३-४४ ,लुका ७:११-१७, मत्ती ९:२३-२६ |
आ. सृष्टि गर्ने क्षमता उहाँमा थियो
- उहाँले पानीलाई दाखरसमा परिवर्तन गर्नुभयो, युहन्न २:१-११ |
- उहाँले पाच रोटि र दुई माछा बाट पांच हजार पुरुषलाई खुवाउनु भयो, मुर्कुस ६:३५-४४
- येशुले सात रोटि र केहि स-साना माछाबाट ४००० लाई खुवाउनु भएको थियो, मर्कुस ८:१-९ |
इ. ईश्वरत्वको क्षमता :
येशुको पुनारुत्थान मृत्युको तिनदिन बाद भएको थियो, यूहन्ना २०:१५, प्रेरित १९-११ | मित्रहरु येशु मरेर मरेको मरै हुनुभएको भएता उहाँ माथि बिश्वास गर्नु ब्यर्थ थियो | किनभने दुनियामा सबै आए, सबै मरेर गए र उहाँ पनि आउनुभयो र मरेर जानुभयो फरक केहि हुने थिएन | उहाँ माथि मृत्युको शक्ति थिएन | जसकारण उहाँ मारेर मरेको मरै हुनभेएन तर उहाँ तीनदिन पश्चात जीवित हुनुभयो | यो नै इसाई बिश्वासको मेरुदण्ड हो | जसको प्रमाण उहाँको साथमा रहने १२ चेला र पावल (शावल भन्ने येशुका अत्यान्तै घोर बिरोधिको येशुलाई ज्योतिको साथमा भेटे पश्चातको गवाही हो जो सबै भन्दा शक्तिशाली छ| किनकि उनि घोर बिरोधि पनि थिए ) को गवाही हुन |
मित्रहरु अब यत्ति जानिसके पछी हामीले यो जान्नु परछ कि ईश्वरको चुनाव संसारमा रहनको लागि भन्दा बढी मृत्यु पछाडिको समयको लागि हो, केवल ५/१० सालको लागि सरकार या उमेद्वार को चुनाब गरिएको होईन | यसै कारण तपाई र मैले धर्म शास्त्रबाट यो पोख्ता प्रमाण पाई सकेपश्चात मात्र शारीरिक तथा आत्मिकी ( मृत्यु पश्चातको ) जीवनको लागि मालिक हुने अधिकार दिनु पर्दछ | यदि यसो नगरिएको खण्डमा हामीले पछुताउनु पर्ने तर धेरै ढिला भईसकेको अवस्था हुनेछ |
त्यसै कारण मित्रहरु हामि कसैलाई हाम्रो शारीरिक तथा आत्मिकी जीवनको मालिका र ईश्वर हुने हक दिदछौ भने माथिका तिना वटै योग्यताहरु एउटी व्यक्तिमा परिपूर्ण भएको हुन आवश्यकता छ | यदि हामीले जाचेरा हेर्दा यस्तो छैन भने हामीले होस पुर्र्याउनु पर्छ नत्र हामि मुर्ख ठहरिने छौं | किनकि जसरि हामीलाई संसार मा जन्म दिने बाबु र आमा १-१ जना छन् उसै गरि हामीलाई बनाउने ईश्वर पनि एकै हुनहुन्छ |
शब्द “सृष्टिकर्ता” शब्दले एकबचन लाई चिनारी दिन्छ | यदि हामीलाई बनाउने एक भन्दा धेरै थिए भने यहा सृश्तिकर्ताहरु भन्ने लिखिने थियो | त्यसै कारण मित्र यी सबै प्रमाण बाट हामीले यो जान्न सक्छौ कि येशु नै सारा ब्रम्हाण्डको ईश्वर र रचयिता हुनहुन्छ भन्ने कुराकोको ज्ञान हामि सबै मानिसहरुलाई बाईबलले दिदछ | त्यसै कारण मित्र प्रकृतिको थोकलाई होईना प्रकृतिको सृजना गर्ने ईश्वरलाई हामीले पुज्नु आवश्यकता छ |
“धन्यवाद”

Comments

Popular posts from this blog

सुसमाचार भनेका के हो र येशू को हुनुहुन्छ?

आराधनामा आइपर्ने बाधाहरु